सांकेतिक तस्विर
तनहुँ । तनहुँको व्यासमा एक होटलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
व्यास नगरपालिका–४ मा जीवन शाहीले सञ्चालन गर्दै आएको सनसाइन होटलमा अचानक आगलागी हुँदा सो क्षति भएको हो ।
लागलागीबाट भूई तल्लामा रहेको होटलको डेकोरेशन लगायतका सामानहरु पूर्णरुप जलेर नष्ट भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
मंगलबार दिउँसो १ : ४५ बजेको समयमा विद्युत सर्ट भएर आगलागि हुँदा अन्दाजी ४० लाख रुपैयाँ बराबरको क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
आगलागीको खबर प्राप्त हुन साथ प्रहरी र स्थानियको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो । शाहीले आफ्नै घरमा सो होटल सञ्चालन गर्दै आएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







