सरकार–विप्लव नेतृत्वको वार्ता आज


     एभरेस्ट आवाज    
     फागुन १९ गते २०७७ मा प्रकाशित




नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकाबीच वार्ता आज (बुधबार) हुने भएको छ।

हिँजो (मंगलबारं) गठन गरिएका सरकार र विप्लवका वार्ता टोलीबीच हिजै वार्ता गर्ने तयारी गरिए पनि विप्लव पक्षले केही सर्त राखेपछि समय सरेको हो।

वार्ताको समन्वय गरिरहेका विप्लव नेकपाका एक नेताकाअनुसार आफूहरूले पहिला पार्टीमा लागेको प्रतिबन्ध फुकुवा र जेलमा रहेका आफ्ना नेता/कार्यकर्ता रिहा गरिनुपर्ने माग राखेपछि हिँजो (मंगलबार) वार्ता हुन नसकेको हो।

तर, हिँजो सरकारी वार्ता टोलीसँग अनौपचारिक छलफल भने भएको बताइएको छ।
वार्ता गर्न विप्लव नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने दीपक मंगलबार नै काठमाडौं पुगेको श्रोतले बताएको छ।

सरकारले मंगलबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहेको २ सदस्यीय वार्ता टोली गठन गरेको थियो। लगत्तै विप्लव नेकपाले पनि प्रवक्ता प्रकाण्ड र नेता दीपक रहेको वार्ता टोली गठन गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।