बगर भाई खलक एट ‘ए’ साइड भेट्रान फुटबलमा २८ टिम सहभागि हुने


     एभरेस्ट आवाज    
     फागुन १९ गते २०७७ मा प्रकाशित




पोखरामा यहि फागुन २४ गतेबाट सञ्चालन हुने “चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपालकै जेठो भेट्रान फुटबल प्रतियोगितामा २८ टिमको सहभागिता रहने जनाउँदै प्रतियोगिताको आयोजक पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले पत्रकार सम्मेलन मार्फत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । फागुन २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा काठमाण्डौं, विरगन्ज, हेटौडा, चितवन, वुटवल, वालिङ्ग लगायत स्थानिय टिमले प्रतिष्पर्धा गर्ने संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।

“स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थाले विगत २०६८ साल देखि ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका अग्रज खेलाडीहरु समेटेर भेट्रान्स फुटवल प्रतियोगीतामा आयोजना गर्दै आइरहेको उक्त संस्थाले यस वर्ष पोखराका अग्रज फुटबल खेलाडी खेम गुरुङलाई सम्मान गर्ने अध्यक्ष गुरुङले जानकारी दिएका छन । पूर्व राष्ट्रिय पूmटबल खेलाडी, पूर्व प्रशिक्षक, भुपु खेलाडि मञ्च नेपालका महासचिव एवं खेलकर्मी गुरुङ्गलाई ताम्रपत्र एवं दोसल्ला सहित सम्मान गरिने उनले बताए ।

प्रतियोगीतामा उपाधि विजेताले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ लाख द्वितियले नगद रु। ५५ हजार पांच सय पचपन्न ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार प्रत्येक खेलाडिलाई प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद दश हजार प्रदान गरिने छ ।

त्यसै गरी अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान ९एक पटक मात्र० एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने छ । द्वितिय पुरस्कार विजेताले प्राप्त गर्ने नगद । ५५ हजार ५ सय ५५ यस वर्ष सहारा युकेले प्रायोजन गरेको अध्यक्ष गुरुङले बताए । पोखराको ऐतिहासिक पुंरानो टुंडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा संचालन हुने प्रतियोगिताका लागि १५ लाख खर्च हुने तथा १६ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको संस्थाका महासचिब याम गुरुङले जानकारी दिएका छन ।

उक्त प्रतियोगिताका लागि वगर भाइ खलक युके सह–प्रायोजकको भूमिकामा रहेको र वगर भाइ खलक युकेले आकर्षक र स्तरिय मेडल र ट्रफीहरु सौजन्य स्वरुप प्राप्त भएको महासचिब गुरुङले बताए । साथै प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेश सरकारले समेत सह प्रायोजन गर्ने प्रतियोगिताका लागि पोखरा महानगरपालिका, भेट्रान ग्रुप हङ्गकङ्ग, तमु धिं युके, अखिल नेपाल पूmटवल संघ, वगर भाइ खलक जापान, पोखरा महानगरपालिका वडा नं। १ को कार्यालयले सहयोग गरेको छ भने संस्थाका आजिवन सदस्यहरुले व्यक्तिगतरुपमा समेत सहयोग गरेको महासचिव गुरुङले बताए ।

सम्पन्न कार्यक्रममा संस्थाका आजिवन सदस्य तथा समासेवी कमल गुरुङ, गैर आवाशिय नेपाली संघ यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, संस्थाका उपाध्यक्ष तेज गुरुङ, राखेपका पूर्व सदस्य जयराम हमाल, सहारा युकेका महासचिव धनु पुरन थकाली, आजिवन सदस्य ओम गुरुङ लगाएतको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।