काठमाण्डौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ ।
बुधबार अपरान्ह दोस्रो चरणको वार्ता सम्पन्न भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।
भट्टराईले बुधबार साँझ सामाजिक सञ्जालमा स्टासस मार्फत सरकार र विप्लप्प समूहका प्रतिनिधिविचको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारण नजिक पुगेको जानकारी दिएका हुन् । छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने पनि उनले विश्वास व्यक्त गरेका छन् ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई सहभागी भएका थिए । भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने (दीपक) सहभागी भएका छन् ।
सरकारले प्रतिबन्धित विप्लव समूहसँग वार्ता गर्नका लागि हिजो मंगलबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
सो लगत्तै भूमिगत विप्लव समूहले पनि पूर्वमन्त्री समेत रहेका सो समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्यीय टोलीको नाम सार्वजनिक गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






