सिद्धार्थ क्लवको रक्तदानमा ९४ युनिट रगत संकलन


     एभरेस्ट आवाज    
     फागुन २० गते २०७७ मा प्रकाशित




तस्बीरः एजेन्सी

पोखराको सिद्धार्थ क्लवले बुधबार आयोजना गरेको रक्तदानमा ९४ युनिट रगत संकलन भएको छ।

क्लवले आयोजना गरेको ३४ औं रक्तदानको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले गरिन्।

कोइरालाले डा. आशिष श्रेष्ठलाई व्लडव्याग हस्तान्तरण गर्दै कार्यक्रम शुभारम्भ गरेकी थिइन्।
कार्यक्रममा क्लवका पूर्वअध्यक्ष गणेश छविले ५७ औं रक्तदान गरे । संयोगले बुधबार उनको जन्मदिनसमेत परेको थियो।

क्लवले २०५२ सालदेखि निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ। रक्तदानलाई अभिप्रेरित गर्न क्लवले सबैभन्दा त्यस वर्ष पोखराका ६ स्थानमा घुम्ती रक्तदान कार्यक्रम आयोजना गरेको थियो।

क्लवकी अध्यक्ष पार्वती माकाजूको अध्यक्षतामा भएको कार्यक्रममा द्धितिय उपाध्यक्ष प्रमोदनारायण श्रेष्ठले स्वागत र सचिव ईन्दिरा मर्सानीले संचालन गरेकी थिइन्।

पश्चिमाञ्चाल क्षेत्रीय रक्तसञ्चार केन्द्रको सहयोग, बगालेटोल सामुदायिक विकास केन्द्र, सिद्धार्थ टोलविकास संस्था, सम्झौता नारी जागृति समूह र ट्रेडमल दिदीबहिनी समूहको सह–आयोजनामा कार्यक्रम भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।