प्रेस संगठनका नेता रेग्मीलाई पितृशोक


     एभरेस्ट आवाज    
     फागुन २० गते २०७७ मा प्रकाशित




प्रेस संगठनका नेता तथा अग्रज पत्रकार पदम रेग्मीलाई पितृशोक परेको छ । पत्रकार रेग्मीका बुबा शेषकान्त रेग्मीको विहीबार पूर्वाह्न १०ः३० बजे ९० वर्षको उमेरमा निधन भएको हो । स्वर्गिय रेग्मीको विहीबारै पोखराको रामघाटमा अन्त्येष्टी गरिएको छ ।

यसैबीच, प्रेस संगठन कास्कीले प्रेस संगठनका नेता तथा अग्रज पत्रकार पदम रेग्मीका बुबा शेषकान्त रेग्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रेस संगठन कास्कीका सह–संयोजक सन्देश श्रेष्ठले विज्ञप्ती जारी गर्दै स्वर्गिय रेग्मीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । श्रेष्ठले जारी गरेको विज्ञप्तीमा शोक सन्तप्त रेग्मी परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।

त्यस्तै, पत्रकार महासंघ कास्कीलेपनि विज्ञप्ती निकालेर स्वर्गिय रेग्मीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जारी गरेको विज्ञप्तीमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।