मिडिया नेपालको अध्यक्ष पदमा सुबेदी र बस्तोलाको दौड


     एभरेस्ट आवाज    
     फागुन २१ गते २०७७ मा प्रकाशित




राप्रपा निकट पत्रकारहरूको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेला भोलिबाट बुटवलमा हुँदै छ।

नयाँ कार्यसमितिको चयनका लागि अध्यक्ष पदमा श्रीधर सुबेदी र सुर्य बस्तोला चुनावी दौडमा २ प्रतिस्पर्धि मैदानमा उत्रदै छ्न। मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष श्रीधर सुवेदी र सूर्य बास्तोला गण्डकी प्रदेश संयोजक हुन्।

दुबै प्रतिस्पर्धी लामो समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध छ्न। पश्चिमका श्रीधर सुवेदीले र गण्डकी प्रदेशका सूर्य बास्तोलाले देशभरबाट आफूलाई साथ र समर्थन रहेको दाबी गरेका छन्।

भोलि (शनिबार) सम्म हुने भेलाको सबै तयारी पूरा भएको विहिबार पत्रकार सम्मेलनमा जनाइएको छ। देशभरबाट २ सय ५० जना पत्रकारहरुले भेलामा सहभागिता जनाउने जनाइएको छ। भेलालाई राप्रपाका अध्यक्ष कमल थापाले आज (शुक्रबार) उद्घाटन गर्ने कार्यक्रम छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।