एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई साहसी महिला पुरस्कार


     एभरेस्ट आवाज    
     फागुन २१ गते २०७७ मा प्रकाशित




तस्बीरः एजेन्सी

एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनले अमेरिकी प्रतिष्ठित साहसी महिला (आइडब्ल्यूओसी) पुरस्कार पाउने भएकी छन्।

नेपालस्थित अमेरिकी मिसनले तेजाब आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

तेजाव आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले ८ मार्चमा भर्चुअल कार्यक्रमबीच उक्त पुरस्कार प्रदान गरिने राजदूत ¥याण्डी बेरीले जनाएका छन्।

हाल १५ औं संस्करणमा रहेको सो पुरस्कारले प्रायःजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शाान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्ने दूतावासले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।