लोकतन्त्र स्वतन्त्र ढंगले चल्नुपर्छ, त्यसका लागि कांग्रेसले भूमिका खेल्छ : कांग्रेस बरिष्ठ नेता पौडेल


     एभरेस्ट आवाज    
     फागुन २१ गते २०७७ मा प्रकाशित




नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले गाँठो फुकाउन भूमिका खेल्ने बताएका छन् । मानव अधिकार तथा शान्ति समाजको २३ औं राष्ट्रिय परिषद बैठकलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले देशमा अहिले देखिएको गाँठो फुकाउन कांग्रेसले भूमिका खेल्ने बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेर चुनाव घोषणा गरेपनि सर्वोच्च अदालतले सो कदमलाई बदर गर्दै संसद पुर्नस्थापनाको फैसला गरेको थियो । संसद पुर्नस्थापना भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले यहि फागुन २३ गते संसदको बैठक आह्वान गरिसकेकी छन् । संसद बैठक २३ गते बस्ने भएपनि संसदमा अविश्वासको प्रस्ताव आउँछ कि आउँदैन भन्ने अन्यौलता कायम छ । जसका कारण ओली सरकारले नै निरन्तरता पाउँछ कि अर्को सरकार बन्छ भन्ने टुंगो लाग्न सकेको छैन । यहि विषयलाई ईंगित गर्दै उनले देशलाई ठीक बाटोमा लैजान भूमिका खेल्ने संकेत गरेका हुन् । यद्वपी उनले गाँठो फुकाउन कस्तो भूमिका खेल्ने भन्ने बारेमा भने उनले थप खुलाएनन् । ‘गााँठो फुक्ने कुरामा समस्या छैन, समस्या हुने म देख्दिनँ’–उनले भने ।

कांग्रेस बरिष्ठ नेता पौडेलले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै देशमा अनिष्ट हुन लागेपनि थामथुम पारिएको बताए । सर्वोच्च अदालतको फैसलासँगै अनिष्ट टरेको उनले बताए । ओलीमा ध्वंसात्मक प्रवृत्ति रहेको भन्दै यसका कारण अझैपनि अनिश्चयको बादल मडारिरहेको उनको भनाई छ । उनले आफ्नै पार्टी कांग्रेस भित्रपनि लोकतान्त्रिक संस्कारको अभाव रहेको टिप्पणी गरे ।

बरिष्ठ नेता पौडेलले लोकतान्त्रिक प्रक्रियालाई टुंगोमा पु¥याउनुपर्नेमा जोड दिए । कांग्रेस प्रतिपक्षी भूमिकामा सानो संख्यामा भएपनि प्रजातन्त्र जोगाउन कृयाशिल हुनुपर्ने उनको भनाई छ । लोकतन्त्र भनेको जीवन शैली र पद्धती भएको बताउँदै यसलाई स्वतन्त्र ढंगले चल्न दिनुपर्ने भन्दै उनले अगाडि थपे,‘यसलाई हामी कसैलेपनि रोक्ने, थुन्ने प्रयत्न गर्नु हुँदैन ।’ ओलीलाई हटाएर नया प्रधानमन्त्री चयन गर्न कांग्रेसले अवरोध सिर्जना गर्न नहुने आसय व्यक्त गरेपनि उनले थप प्रष्ट्याएनन् । नेता पौडेलले लोकतन्त्रको ठाउँमा ठालु तन्त्र हावी हुँदा देशमा विकास अबरुद्ध भएको बताए । उनले अहिले राष्ट्रिय आत्मविश्वासको संकटपनि महशुष भइरहेको भन्दै यसलाई विश्वासमा बदल्नुपर्ने बताए ।

मानव अधिकार तथा शान्ति समाजको २३ औं राष्ट्रिय परिषद बैठकलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर ः सन्देश÷नागरिक


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।