आज कास्की जिल्लाभर विद्युत अवरुद्ध हुने


     एभरेस्ट आवाज    
     फागुन २२ गते २०७७ मा प्रकाशित




आज फागुन २२ गते शनिबार कास्की जिल्लाभर विद्युत अवरुद्ध हुने भएको छ।

विद्युत प्राधीकरण लेखनाथ सव–स्टेशनमा १३२ केभी लाइन बे एक्सटेनसन कार्यका लागि आज विहान १० बजेदेखि दिउसो १ बजेसम्म कास्की जिल्लाभर विद्युत अवरुद्ध हुने विद्युत प्राधीकरण मालेपाटन वितरण शाखाले प्रकाशित गरेको सूचनामा जनाइएको छ।

शाखाका अनुसार तोकिएको समयभन्दा अगावै एक्टेन्सन कार्य सकिएमा नियमित विद्युत आपूर्ति हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।