वर्तमान सरकारले देशमा समृद्धि ल्याउँछ : मुख्यमन्त्री पौडेल


     एभरेस्ट आवाज    
     फागुन २२ गते २०७७ मा प्रकाशित




हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले देशमा समृद्धि ल्याउने बताएका छन् ।

प्रेस सङ्गठन मकवानपुरको आज हेटौँडामा आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकारले देशमा समृद्धि ल्याउनका लागि सकारात्मक भूमिका निर्वाह गरिरहेको छ बताए ।

मुख्यमन्त्री पौडेलले पत्रकारको हकहितका लागि बागमती प्रदेश सरकार सकारात्मक रहेको बताउँदै नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले स्थापना गरेको पत्रकार पेन्सन कोषमा प्रदेश सरकारको तर्फबाट रु पाँच लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।