ओटेफद्वारा महिला बन्दीलाई सामग्री हस्तान्तरण


     एभरेस्ट आवाज    
     फागुन २२ गते २०७७ मा प्रकाशित




पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले संस्थाको १११औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा कास्की कारागारका महिला बन्दीलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

मञ्चले कारागार परिसरमा महिला बन्दी चौकीदार बिन्दु कुँवर र निमित्त कारागार प्रमुख तप रमणमालाई राइसकुकर पङ्खा र स्यानिटरी प्याडलगायत सामग्री वितरण गरेको हो ।

निमित्त प्रमुखले पोखरेलले विसं २०२१ मा स्थापना भएको कारागार आजसम्म आइपुग्दा जुनरूपमा स्तरोन्नति हुनुपर्ने हो सोअनुसार हुन नसकेको बताए । अरु निकायमा जस्तो कारागारको पूर्वाधार विकासमा राज्यले ध्यान दिन नसक्दा समस्या रहेको बताउँदै उनले कारागारलाई सुधारगृहका रूपमा विकास गर्नुपर्ने धारणा राखिन् । कारागारको तीन ब्लकमा ९०६ कैदीबन्दीमध्ये ७२ महिला रहेको पोखरेलले जानकारी दिए ।

कारागारमा विभिन्न सङ्घसंस्थाले बन्दीका लागि आवश्यक सहयोग गरेको उनको भनाइ थियो । मञ्चका अध्यक्ष पार्वती पाण्डेले जीवनमा जानअन्जानमा विभिन्न कसुर गरेर कानूनअनुसार सजाय भोगिरहेका महिला बन्दी सीमित स्रोत र साधनका कारण विभिन्न कठिनाइसँग जुध्नुपरेको जानकारी दिइन् ।

कार्यक्रम मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुलीले संस्थाले महिलाको नेतृत्व तथा र नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्व बहन गर्दै महिला बन्दीलाई सहयोग गरेको बताइन् ।

महिला बन्दी चौकीकार बिन्दु कुँवरले महिला बन्दीको आवश्यकता र मागलाई बुझेर सहयोग गरेकामा धन्यवाद दिइन् । उनले जीवनमा गल्ती गरेर पछुताउनुभन्दा गल्ती गर्नुअघि सोच्न सके पछुताउनु नपर्ने धारणा राखिन् ।

संस्थाका सल्लाहकार पम्फा पहारी, सचिव ममता न्यौपानेलगायतले सस्थाको उद्देश्य र महिला श्रमिक दिवसको महत्वमाथि भनाइ राखेका थिए ।

कार्यक्रम संयोजक लक्ष्मी लामिछाने कार्यसमिति र सल्लाहकार सहभागिता करिब ५० हजार बराबरको सामग्री हस्तान्तरण गरेको जानकारी जानकारी दिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।