सांकेतिक तस्बीर
पोखरा–जोमसोमको हवाई सेवा शनिबारदेखि सुरु भएको छ।
गत चैत ११ गतेदेखि रोकिएको हवाइ सेवा शनिबार समिट एअरले २ उडान गरेसँगै सञ्चालनमा आएको हो।
समिटले १८ सिट क्षमताको जहाजबाट शनिबार पोखरा–जोमसोम उडान सुरु गरेको हो।
पोखरादेखि ५४ जना भारतीय पर्यटक लिएर समिट जोमसोम पुगेको थियो। समिटले ३ वटा उडान भर्ने भनिएपनि मौसम खराबीका कारण २ वटा उडानमात्रै गरेको थियो।
आइतबार पनि तारा एअरले २ र समिटले एउटा उडान गर्ने समयतालिकामा उल्लेख छ। तारा एअरले पनि आज (आइतबार) १८ सिट क्षमताकै जहाजबाट करिब एक वर्षपछि आफ्नो पहिलो पोखरा–जोमसोम उडान गर्ने जनाइएको छ।
सरकारले असोज १ गतेबाट आन्तरिक उडान खुला गरे पनि जोमसोज एअरपोर्ट सुरु हुन सकेको थिएन । हिउँदमा जोमसोमको मौसम खराब रहेकाले पनि त्यस अवधिमा हवाई उडान सुचारु हुन सकेको थिएन।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







