पोखरा । शिवालय माध्यमिक विद्यालय, रुपा गाउँपालिका(२, थुम्कीमा क्रियाशील शिवालय बाल क्लब पुनर्गठन भएको छ ।
निश्चल ओझाको अध्यक्षतामा पुनर्गठित कार्यसमितिको उपाध्यक्षमा करिना ओझा, सचिवमा धिरज सुनार, कोषाध्यक्षमा अलिका सुवेदी र सहसचिवमा प्रशान्त ओझा सर्वसम्मत चयन भएका छन् ।
समितिका सदस्यहरूमा सौरभ अधिकारी, दिलबन्धु ओझा, सागर आले, आयाम ओझा, राजेश सुर्खाली, ममता गुरुङ र सोनिया सुवेदी रहेका छन् । क्लबको शिक्षक संयोजकमा रस्मिला खनाल र संरक्षकमा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी रहेका छन् ।
त्यसै गरी निवर्तमान अध्यक्ष पुरुषोत्तम ओझा र निवर्तमान कोषाध्यक्ष आकृति तामाङलाई सल्लाहकार चयन गरिएको छ ।
क्लबले पाक्षिक रूपमा शिवालय नामक भित्ते पत्रिका प्रकाशन गर्नुका साथै समयानुकूल तालिम तथा सहकार्यकलापहरुको संयोजन गर्ने गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







