लागूऔषधसहित पोखराबाट दुई जना पक्राउ


     एभरेस्ट आवाज    
     फागुन २४ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । लागूऔषध सहित पोखराबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा पोखरा–३० पावर हाउसबाट पोखरा–२९ मुसेटुँडाका प्रकाश अधिकारी र सोही स्थानका राजकुमार मगरलाई लागूऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रहरीले उनिहरुका साथबाट डाईजापाम– २३ एम्पुल, फेनेरागन– २६ एम्पुल र नुर्फिनुर– ४९ एम्पुल गरी जम्मा ९८ एम्पुल बरामद गरेको विज्ञप्ती मार्फत जनाएको छ ।

पक्राउ परेका उनिहरुलाई लागूऔषध सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकरी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।