आज ८ मार्च अर्थात १११ औं अन्तराष्ट्रिय नारी दिवस, विविध कार्यक्रम गरी दिवस मनाइँदै


     एभरेस्ट आवाज    
     फागुन २४ गते २०७७ मा प्रकाशित




सांकेतिक तस्बीर

आज, मार्च ८ तारिक अर्थात १११ औं अन्तराष्ट्रिय नारी दिवस। विविध कार्यक्रम गरी विश्वभर नारी दिवस मनाइँदैछ।

नेपालमा पनि साताव्यापी रुपमा नारी दिवस मनाइँदैछ। यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने मूल नारासहित नेपालमा नारी दिवस मनाइँदैछ।

नारी दिवसलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाइने गरिन्छ। नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो। हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ।

नारी दिवस उत्पीडित महिलाको लैंगिक हिंसा विरुद्धको आवाजका रुपमा मनाइने गरिन्छ। महिला हिंसा अन्त्य गरी भय रहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सृजना गर्नु यस दिवसको उद्देश्य हो।

राजनीतिक तवरबाट नारी दिवस मनाउन सुरु गरिए पनि हाल महिला अधिकार, महिला सशक्तिकरण, समावेशी र समानता आदि सवालहरूलाई अन्तर्राष्ट्रिय नारी दिवसमा समेट्ने गरिन्छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।