तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा २ सय विद्यार्थीलाई छात्रवृत्ति


     एभरेस्ट आवाज    
     फागुन २४ गते २०७७ मा प्रकाशित




तस्बीरः एजेन्सी

तनहुँको व्यास–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले यस वर्ष २ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।

क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई क्याम्पसले छात्रवृत्ति प्रदान गर्न लागिएको हो।

क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीको क्याम्पसले अन्तरवार्ता शुरु गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए। अन्तर्वार्तामा कक्षा ११ का १ सय ७५ र कक्षा १२ का ९५विद्यार्थी सहभागी भएको क्याम्पसले जनाएको छ।

क्याम्पसले हरेक वर्ष कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि करीब ५ लाख रुपैयाँ खर्चिने गरेको छ। कक्षा ११ र १२ मा यसवर्ष करीब ८ सय जना विद्यार्थी अध्ययनरत रहेका छन्।

दाताबाट स्थापना भएको अक्षय छात्रवृत्ति कोषबाट प्राप्त ब्याज रकम क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले भुक्तान गरेको नियमित मासिक शुल्कको ५ प्रतिशत रकम र क्याम्पसको रकम छात्रवृतिमा वितरण गरिनेछ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।