फाइल तस्बीर
प्रचण्ड–नेपाल समूहले सर्वाेच्चको फैसला राजनीति भएको टिप्पणी गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज (सोमबार) विहान स्थायी कमिटी बैठक बोलाएको छ।
बैठक विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन्।
सर्वाेच्च अदालतले नेकपा नामको विवादमा गरेको फैसला र आगामी रणनीति तयार गर्न बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
प्रचण्ड–नेपाल समूहले सर्वाेच्चको फैसला राजनीति भएको टिप्पणी गरेको छ ।
प्रवक्ता श्रेष्ठले आइतबार सामाजिक सञ्जालमा कानुनको विरुद्धमा राजनीतिक फैसला भएको र त्यसमा सहमत हुन नसक्ने बताएका छन्।
‘तर यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ । तसर्थ यो फैसला अस्वभाविक छ, संविधान एवं कानूनको बिरुध्दमा छ, राजनीतिक आग्रह प्रेरित छ, बितण्डतापूर्ण छ र गलत छ। यो फैसला प्रति हाम्रो गम्भीर असहमति छ,’
उनले लेखेका छन्, ‘दुई, नेपालको राष्ट्रिय सार्वभौमिकता, नेपाली जनतामा नीहित सार्वभौमसत्ता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, संविधान, लोकतन्त्र, राजनीतिक स्थिरता, कानूनको शाषन र ब्यबस्थाको बिरुध्द बिभिन्न शक्तिहरुको षडयन्त्र जारी छ भन्ने तर्फ पनि हाम्रो गम्भीर ध्यान जानु आवश्यक देखिएको छ।’
पुनरवलोकनमा जाने सम्भावना रहेको नेताहरु बताउँछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य…







