साङ्केतिक तस्विर
तनहुँ । तनहुँमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जना घाइते भएका छन् ।
तनहुँको आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग २ च ३६५० नम्वरको डीआई गाडीले ठक्कर दिँदा एक पैदल यात्री घाइते भएका छन् ।
आइतबार साँझ साढे ७ बजेको समयमा आँबुखैरेनी–१ बरादीस्थित पृथ्वीराजमार्गमा पैदल हिँडी रहेका सोही स्थानका चोलबहादुर बाचे मगरलाई सो गाडीले ठक्कर दिँदा उनि गम्भीर घाइते भएका हुन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यस्त,ै तनहुँको रिसिङ गाउँपालिका–७ ग्याजा डाँडामा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक घाइते भएको खबर छ ।
भिमादबाट ढुङ्डातर्फ जाँदै गरेको बा ९५ प ५४२४ नम्वरको मोटरसाइकल भित्री कच्चि सडकखण्डमा अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खस्दा मोटरसाइकल चालक स्थानिय दानबहादुर आले घाइते भएका हुन् । घाइते आलेलाई थप उपचारका लागि पोखरा ल्याइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
दुवै घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको पनि कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकरी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







