स्याङ्जा । स्याङ्जाको वालिङ ११, स्वरेक टापु भञ्ज्याङ राष्ट्रिय माविमा पाण्डेय परिवारले शैक्षिक सामाग्री वितरण गरेको छ ।
स्वर्गीय अमृता पाण्डेयका बुवा,आमा,काका र दाजुभाउजुले छात्र छात्रा तर्फ उत्कृष्ट अकं ल्याउने २ विद्यार्थी र जेहेन्दार तर्फ २ विद्यार्थी गरि चारजना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन ।
सवारी दुर्घटनामा परि बहिनी गुमाए पछि दाजु घनश्याम पाण्डेले अक्षकोष निर्माण गरेर बहिनीले पढेको विद्यालयमा बर्षेनी चार जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दे आएको बताए।
अक्षयकोष स्थापनामा माउण्ट कैलाशक रिसोर्ट पोखराका नरेश भट्टराई, अमृताका श्रीमान विष्णु देवकोटा ,सांसद दीपक कोइराला, अमेरिकामा रहेकी विमला पाण्डे र अमृताका दाजु घनश्याम पाण्डेयले गरि १ लाख ५५ हजारको अक्षयकोष स्थापना गरेका छन् । बर्षेनी सोही ब्याजबाट विद्यार्थीलाई छात्रबृत्ति वितरण हुँदै आएको छ ।
पत्रकार समेत रहेका पाण्डेयले नगद दिँदा त्यसको महत्व कम हुने हँुदा विद्यार्थीहरुलाई कापी कलम,झोला सहितका शैक्षिक सामाग्री वितरण गर्ने गरेको बताए ।
छात्रबृत्ति वितरण काकर्यक्रममा बोल्दै समाजसेवी पिताम्बर पाण्डेयले अमृताको नाम अमर राख्नको लागि परिवाले खेलेको भुमिका महत्वपूर्ण रहेको बताए ।
सोही अबसरमा पाण्डेले विद्यालयलाई आबश्यकक पर्ने पुस्तकहरु उपलब्ध गराउन आफु तयार रहेको भन्दै विभिन्न ठाउँमा पहल भइरहेको पनि बताए । विद्यालयका प्रधानध्यापक हेमराज अर्यालले बहिनीले पढेको विद्यालयमा अमृताको स्मृतिमा पाण्डे परिवारले बर्षेनी गर्ने कार्यक्रमले विद्यार्थीमा समेत अमृता उत्कृष्ट पुरस्कार पाउन पढाईमा प्रतिस्पर्धा हुने गरेको बताए ।
यस बर्ष भेष कुमारी उत्कृष्ट पुरस्कामा छात्र तर्फ आयुष गैरे र छात्रा तर्फ सदिक्षा विकले प्राप्त गरेका छन् भने जेहेन्दार तर्फ विश्व सेन र गीता कुवंरले प्राप्त गरेका छन् ।
कार्यक्रममा बोल्दै विद्यालयका शिक्षक इन्द्रप्रसाद पराजुली (नवराज)ले पाण्डे परिवारले बहिनीको स्मृतिमा पाण्डे परिवारले गर्ने कार्यक्रमले अमृता हामी माझ नभए पनि बर्षेनी सवैले अमृतालाई सम्झने बातारण बनेको बताए ।
अमृताको २०६१ साल असार १८ गते बुटवलको नयाँ मिलमा आफै चढेर गएको बसबाट झर्नेक्रममा ढोका बाट लड्न पुग्दा सोही बसको ठक्करबाट ज्यान गएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







