लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्रको आयोजनामा सोमबार कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
१११ आंै नारी दिवसको अवसर पारेर राखिएको कार्यक्रममा पोखरा नगर क्षेत्र भित्र रहेका विभिन्न आमा तथा महिला समुह,सामाजिक संघ सस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
पुस्तकालय तथा सिकाई केन्द्रका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत बार एसोसिएसनका पुर्व अध्यक्ष खगेन्द्र राज आर्चायले महिला हिंसा तथा वर्तमान कानुनका वारेमा जानकारी गराएका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २९ की वडा सदस्य निर्मला पौडेलले संविधानमा रहेका महिला हक तथा अधिकारका वारेमा सचेत हुन आग्रह गर्दै संविधानमा भएका कानुनी विषयका बारेमा सवैले जानकारी लिनु पर्नेमा जोड दिइन् ।
पुस्तकालयका सचिव पदम प्रसाद अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष जंगबहादुर गुरुङ्गले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







