काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबैलाई समेटी अगाडि बढ्ने बताएका छन् ।
नेकपा (एमाले) मोरङ जिल्ला पार्टी कार्यालयको आज शुभारम्भ गर्दै वर्तमान सरकारले विश्वासको मत पाए सरकार सञ्चालन गर्ने अन्यथा स्थानीय निकाय र सङ्घीय निर्वाचनका लागि जनताको एमाले पार्टी नयाँ जनादेशमा जान तयारी शुरु गरेको बताए ।
उनले एमालेले संसद्मा विश्वासको मत लिने स्पष्ट पार्दै यसका लागि पार्टीलाई एउटा दलका साथ लिए विश्वासको मत प्राप्त हुने तर अन्यले तीन दलको साथ पाउनुपर्ने भएकाले पार्टीले सबै विकल्प खुल्ला गरेको धारणा राखे ।
उनले निर्वाचनका समयमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराका साथ विजयी भएका प्रतिपक्षका नेतालाई जनताले सबै बुझेका छन् भन्दै पार्टीभित्रबाट तीन वर्ष सरकार सञ्चालन र जनताको काम गर्नमा सधैँ बाधा–व्यवधान उत्पन्न गरेको आरोप समेत लगाए ।
उनले आजको अवस्थामा हिजोका एमालेलाई जनताको साथ लिएर हिँड्न आग्रह गर्दै स्थानीय निकायलगायत अन्य योजनामा नागरिकको प्रत्यक्ष सहभागिताका लागि जोड दिए ।
मन्त्री ढकालले आगामी एक हप्ताभित्र मोरङका १७ स्थानीय पालिका र वडाहरुमा सङ्गठन विस्तार गरी कार्यालय स्थापनाका लागि अनुरोध गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला परेर पोखरा स्वास्थ्य…







