के तपाईंलाई तालको किनारमा बसेर माछाका परिकारको स्वाद लिन मन छ ? कि शान्त वातावरणमा माछाको स्वादसँगै तालको सौन्दर्यपान गर्ने धोको छ ? यदी तपाईं त्यस्तो अवसरको खोजीमा हुनुहुन्छ भने बेगनासताल किनारमा रहेको होटल गडफादरले पूरा गरिदिने भएको छ । तपाईंको त्यो सपना पूरा गर्न होटल गडफादर चाँडै सञ्चालनमा आउँदैछ ।
पोखरा महानगरपालिका वडा नं ३१ स्थित वबगनासताल किनारमा ९० लाखको लागतमा होटल गडफादर सञ्चालनमा आउन लागेको हो । स्थानिय दुई दाजुभाई सन्तोष आचार्य र सुवर्ण आचार्यको संयुक्त लगानीमा होटल सञ्चालनमा आउने जनाइएको छ ।

होटलमा अट्याच रुमसहित रेस्टुरेन्ट तथा वार, रुफटप समेत रहेको सञ्चालक मध्येका एक सुवर्ण आचार्यले जानकारी दिए । सो रुपमबाट ताल हेर्दै माछाका परिकारको स्वाद लिन सकिने उनले बताए ।
पोखरा आउने पर्यटकहरुको लागि लेकसाईड पछिको गन्तव्य बेगनासताल बनाउने उद्देश्यले होटल सञ्चालनमा आउन लागेको उनले बताए । ताल किनारमा रहेको होटलको अर्को आकर्षण भनेको रुफटपमा माछाको आकृती राखिएको छ । जहाँ पाहुनाले माछाको आकृतिसँग सेल्फी खिच्न सक्नेछन् । त्यसका लागि सेल्फी जोन बनाइएको आचार्यले बताए ।

दाजु सन्तोस अष्ट्रेलियामा बस्दै आएका छन् भने उनको भाई सुवर्णलेपनि पनि युरोपका विभिन्न देशको भ्रमण गरेका छन । पछिल्लो पटक अष्ट्रेलिया पुगेका उनी स्वदेशमै केहि गर्नुपर्छ भन्ने अठोटसहित कोरोना महामारी अगाडी नेपाल आएका थिए। स्वदेश फर्किएलगत्तै उनले होटल सञ्चालन गर्ने उद्धेश्यसहित संरचना बनाउन शुरु गरेका थिए । कोरोना महामारीकै बिच उनले होटलका लागि आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरे । यद्यपी यो बिचमा कोरोनाका कारण करीब ५ महिना काम ठप्प हुँदा सोंचेभन्दा पछिमात्र पूर्वाधार निर्माण सम्पन्न भएको सञ्चालक आचार्यले बताए । उनका अनुसार फागुनको अन्तिम साताबाट होटल पूर्ण रुपमा संचालनमा आउनेछ।
व्यवसायीक क्षेत्रमा हात हालेका आचार्य सामाजिक कार्यमा पनि उत्तिकै सकृय छन्। सञ्चालक आचार्य स्थानिय ड्यामसाईड युवा क्लवका सचिवसमेत हुन् । उनी बेगनासताल बृहत् सफाई अभियानका अभियन्ता पनि हुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







