सप्तरी । सप्तरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १२ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेमध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको बिष्णुपुर गाउँपालिका–१ बाट जन्ती बोकेर हिँडेको ना १ ज ८९३८ नम्बरको गाडी सोही स्थानको वडानम्बर ३ गौरामा आफैं अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।
सगरमाथा डेरीको पर्खालमा ठोक्किँदा सो दुर्घटनामा बोदे बर्साइन नगरपालिका ८ काचनका ४५ वर्षीय बच्चालाल दास र २९ वर्षीय देवनारायण दास गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । उनिहरुको रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







