अन्तरराष्ट्रिय स्तरको युथ स्पिक आउट च्याम्पीयनसीपमा कुमुदिनी होम्सकी पीया गुरुङ बेस्ट अफ दी बेस्ट स्पिकर


     एभरेस्ट आवाज    
     फागुन २६ गते २०७७ मा प्रकाशित




अन्तरराष्ट्रिय स्तरको युथ स्पिक आउट च्याम्पीयनसीपमा पोखराको कुमुदिनी होम्स स्कुलकी पीया गुरुङ बेस्ट अफ दी बेस्ट स्पिकर अवार्ड जित्न सफल भएकी छन् । जिल्ला, प्रदेश र राष्ट्रिय प्रतियोगिताबाट छनौट हुँदै अन्र्तराष्ट्रिय प्रतियोगिता युथ स्पिक आउट च्याम्पीयनसीप अन्तर्गत ‘वाल अफ होप’ शिर्षकमा भाग लिएकी उनले बेस्ट अफ दी बेस्ट स्पिकरको अवार्ड जितेकी हुन् । १३ वर्षिया पीया कुमुदिनी होम्समा कक्षा ८ मा अध्ययनरत छिन् ।

युथ स्पिक आउट च्याम्पीयनसीपमा पीयाले नेपालको सुदूरपश्चि क्षेत्रमा हुने छाउपडी प्रथाबारे स्पिच दिएकी थिइन् । च्याम्पीयनसीपमा गण्डकी प्रदेशबाट अवार्ड जित्ने उनी एक्ली प्रतिपष्पर्धी रहेको कुमुदिनी होम्स स्कुलका शिक्षक कुशल पालिखेले जानकारी दिए ।

विश्वका २५० भन्दा बढी विद्यालयका २ हजार भन्दा बढी सहभागि भएको च्याम्पीयनसीपमा कुमुदिनी होम्स स्कुलका ६ जनाले प्रतिष्पर्धा गरेका थिए । च्याम्पीयनसीपमा पीयासँगै सुयोग अधिकारी, मानुसी भण्डारी, रचना तिवारी, सुगम पौडेल र समीक्षा अधिकारीको सहभागिता रहेको पालिखेले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।