काठमाडौंको लोकप्रिय ‘डल्ले मःम’को स्वाद अब पोखरामै लिन पाइने भएको छ । काठमाडौंकैजस्तो ‘डल्ले मःम’को स्वाद दिनेगरी पोखराको मानवअधिकार चोकमा ‘डल्ले मःम’ रेष्टुरेण्ट सञ्चालनमा आएको हो । काठमाडौंको ‘डल्ले मःम’कै फ्रेञ्चाइज लिएर पोखरामा शाखा खोलिएको डल्ले मःम रेष्टुरेण्टको पूर्व मिस नेपाल अनुस्का श्रेष्ठले बुधबार रिबन काटेर उद्घाटन गरिन् । काठमाडौंमा ८ ठाउँ र बुटबलमा २ ठाउँबाट सेवा प्रदान गर्दै आएको मःमको पोखरामा ११ औं शाखा हो ।

डल्ले मःमःको पोखरा शाखा चेन पर्यटन व्यवसायी तथा सञ्चार उद्यमी सुनिल भट्टराई र शेचन्द्र सिंह हमालले सञ्चालनमा ल्याएका हुन् । उनीहरुले एक वर्ष पहिले नै सञ्चालमा ल्याएका भएपनि लकडाउनका कारण रोकिएको थियो । स्वादका साथै गुणस्तरलाई पनि ध्यानमा दिएर सेवा प्रदान गर्न पोखरा आएको डल्ले मःमका सञ्चालक सुवास गौचनले जानकारी दिए ।
ग्राहकको माग अनुसार आफूहरुले काठमाडौंको स्वाद पस्कनेगरी डल्ले मःमःको रेष्टुरेण्ट सञ्चालनमा ल्याएको सञ्चालक सुनिलबहादुर भट्टराईले जानकारी दिए । उनले भने, काठमाडौंको स्वाद हामी पोखरामै दिन्छौं, आशा छ पोखरेलीले मन पराउनु हुनेछ । ‘डल्ले मःम’ मुख्य गरेर मःमका परिकार, चाउमिन, आलुका परिकार, फाइ राई र बच्चाका लागि खाजा सेट यसका विषेशता रहेको सञ्चालक भट्टराईले बताए । हल्का मसला भएका कारण खान र पचाउन सजिलो हुने उनको भनाई छ । रेष्टुरेण्टमा करिब १ सय जना अटाउने गरी आक्रर्षक डिजाइन गरेको उनले बताए ।
जन्मदिनको पार्टी, एनिभर्सिरी पार्टी लगाएत गर्नेका लागि समेत उपयुक्त रहेको उल्लेख गरे । भट्टराईले ७ सय रुपैया भन्दा बढिको अर्डर गरेमा पोखरा भ्यालीमा फ्रि होम डेलिभरी सेवा समेत दिइने उनले जानकारी दिए। विहानी तथा साझँका लागि खानाका लागि लन्च बक्सको समेत सुविधा रहेको उनको भनाई छ ।
उद्घाटन कार्यक्रममा बोल्दै पूर्व मिस नेपाल अनुस्का श्रेष्ठले काठमाडौंको स्वाद पोखरामै पाउने भएकाले पोखरेलीले अत्यधिक मन पराउने विश्वास व्यक्त गरिन् । उनले मःमःको असली स्वाद डल्ले मःमःमा रहेकोसमेत बताइन् ।
सन् २०११ देखी डल्ले मःम रेष्टुराँका आलोक योञ्जन र सुवास गौचनले गरेका थिए । ग्राहकको स्वास्थ्यलाई र गुणस्तरयुक्त खाजा र खानालाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको कारणले डल्ले मःम सबै ग्राहकको रोजाइमा पर्न सफल भएको सञ्चालक सुवास गौचन बताउँछन् ।
कमलादीमा स्थापना शुरु भएको डल्ले मःम गल्फुटार, भाटभटेनी, नक्साल, लबिम मल, जावलाखेल, बुटलबको सुख्खा नगर र कालीका नगरमा शाखा सञ्चालन गरि सकेको छ ।
पिरो डल्ले खुर्सानीको नाममा रेस्टुराँ खोलेका उनीहरुले डल्ले खुर्सानीका अचार पनि बिक्रि गर्ने गरेका छन् । पिरो डल्ले खुर्सानीको नाममा रेस्टुराँ खोले पनि परिकार भने स्वादिष्ट रहेको उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







