पोखरा । मित्र कुञ्ज पोखरा च्याप्टरले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्ना सदस्य तथा सदस्यका दम्पती नारीहरुलाई दोसल्ला ओढाई फुलमालाले सम्मान गरेको छ ।
उक्त अवसरमा संस्थाका अध्यक्ष डा. अशोक चौरसियाले सबै नारीहरुलाई सम्मान गरी बधाई दिंदै नारी दिवसको बारे प्रकाश पारेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव डा. राजन शर्माले गरेका थिए । मित्र कुञ्ज पूर्व सोभियत संघबाट अध्ययन गरेर फर्किएका डाक्टर तथा इन्जीनियरहरुको संस्था हो ।
साथै संस्थाले आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ । ई. सुरेशप्रसाद श्रेष्ठको अध्यक्षतामा गठन गरिएको नयाँ कार्यसमितिमा उपाध्यक्षमा डा. यज्ञमान शाक्य, सचिवमा ई. तेजनाथ न्यौपाने, कोषाध्यक्षमा डा. पूजन शर्मा, सदस्यहरुमा डा. निरजकुमार दुवे, ई. नरेन्द्र कुमार श्रेष्ठ, डा. छममाया पुन, ई. प्रेमप्रसाद डोटेल र डा. अनु शेरचन रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष ई. श्रेष्ठले भावी कार्यक्रमबारे जानकारी दिएका थिए । संस्थाले सोही अवसरमा पोखरा १२ माटेपानीमा रहेको आनन्दित गृह नेपाल (ह्पाप्पी होम नेपाल) वृद्धाश्रमका ११ जना वृद्धवृद्धाहलाई फलफूल तथा खानेकुरा वितरण गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







