जनकपुर क्रिकेट क्लवले अन्तर क्लव टी–२० क्रिकेट लिगको उपाधी जितेको छ।
बुधबार भएको फाइनल खेलमा चितवन क्रिकेट क्लवमाथि ५ विकेटको जित निकाल्दै जनकपुरले उपाधि जितेको हो ।
पहिला व्याटिङ रोजेको चितवनले राम्रो प्रदर्शन गर्न सकेन। उसले मात्रै ७२ रनको योगफल तयार पार्दा रोविन शर्माले १५ तथा संघर्ष पौडेलले १२ रनको पारी खेल्न सक्यो। अन्य व्याट्सम्याले उल्लेखनीय खेल देखाउन सकेनन। जनकपुरका बलरहरु रुपेश यादव, शोभाकान्त पौडेल र विशाल सुस्लिङले समान २÷२ विकेट बाँडे।
जितका लागि ७३ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा ५ विकेटको नोक्सानीमा विजयी लक्ष्य भेट्यो। जनकपुरका अक्वर अलीले अविजित ३२ तथा शोभाकान्त पाण्डेले १५ रन बनाए। चितवनको बलिङमा संघर्ष पौडेलले ३ विकेट लिए।
प्रतियोगितामा जनकपुरका राहुल प्रताप सिंह सर्वोत्कृष्ट खेलाडी, जनकपुरकै शोभाकान्त शोभाकान्त पाण्डे उत्कृष्ट बलर तथा चितवनका साकार ढकाल उत्कृष्ट व्याट्स्म्यान बने। जितसँगै जनकपुरले नगद ५० हजार सहित ट्रफी पुरस्कार जित्यो भने चितवनले ट्रफी मात्रै पुरस्कार जित्यो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







