सांकेतिक तस्बीर
तनहुँमा आएको हावाहुरीसहितको असिनापानीले त्यहाँको खेतीबालीमा क्षति भएको छ।
हावाहुरीसहितको असिना पानीका कारण आज तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी र आसपासका क्षेत्रमा खेतीबालीमा क्षति बनाएको हो।
बुधबार दिउँसो तीन बजेतिर असिनासहित, हावाहुरी र पानी आएपछि गोड्ने बेला भएको मकै, तरकारी बालीका साथै वर्षात्को समयलाई लक्षित गरी लगाइएका घिरौँला, करेला, काँक्रो, फर्सी लौका, चिचिन्डोलगायतका लहरेबालीका बिरुवा समेतमा क्षति पुगेको त्यहाँका स्थानीयवासील बताएका छन्। असिनाका कारण फुल्दै गरेका सुन्तला, निबुवा, कागतीलगायतका बोट बिरुवाहरुलाई पनि क्षति पुगेको स्थानीयवासीको भनाई छ।
असिनासँगै केही बेर मेघगर्जनका साथ पानी परेपछि दुलेगौडा हुँदै साँखे जाने मोटरबाटोअन्तर्गत ढोरफिर्दीस्थित बराहखोलामा पानी बढेपछि झण्डै एक घण्टा सवारीसाधन आवतजावत पनि ठप्प भएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार ५ पोखरा महानगरपालिकाले खेल पर्यटन प्रवद्र्धनका लागि ६६ लाख रुपैयाँ…







