पोखराका बरिष्ठ पत्रकार बद्रीविनोद खनाल (प्रतीक) रुपा रत्न सम्मानबाट सम्मानित भएका छन् । कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा बरिष्ठ पत्रकार प्रतीकलाई नगद १५ हजारसहित रुपा रत्न सम्मान २०७७ बाट सम्मानित गरेको हो ।
रुपा गाउँपालिकामा जन्मेर पत्रकारिता र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकाले प्रतीकलाई सम्मान गरेको रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिए ।
रुपा रत्न सम्मान २०७७ बाट सम्मानित प्रतीक पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा पोखरा हटलाईन दैनिकका प्रधान सम्पादक हुन् । उनलाई नेपाल पत्रकार महासंघले स्वतन्त्रता सेनानी घोषणा गर्दै सम्मानसमेत गरिसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







