पोखरामा नेवाः संस्कृतिसम्बन्धी अन्तरक्रिया हुँदै


     एभरेस्ट आवाज    
     फागुन २८ गते २०७७ मा प्रकाशित




नेवाः देय दवु, कास्कीले भोली (शनिबार) पोखरामा नेवाः संस्कृतिसम्बन्धी अन्तरक्रिया गर्ने भएको छ।

‘हाम्रो भाषा हाम्रो संस्कृति, हाम्रो संस्कार, हाम्रो परम्परा’ मूल नारासहित आयोजना गर्न लागिएको कार्यक्रममा नेवा संस्कृतिका ज्ञाता एवं विद्धान वक्ताहरु द्यैवज्ञ कीर्तिमर्दन जोशी, कृष्णराज जोशी र केशर गोविन्द जोशीलगायतले कार्यपत्र तथा आफ्ना विचारहरु प्रस्तुत गर्ने कार्यक्रम संयोजक सुनिल उलकले जानकारी दिए।

उलकका अनुसार ‘स्वन्ती नख’ र नेपाल सम्वत, १२ महिना २४ पक्षका संस्कृति एवं चाडपर्वहरु, गर्भादानदेखि मृत्यु संस्कारसम्वन्धी विषयहरुमा कार्यपत्रहरु प्रस्तुत हुने कार्यक्रम छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।