हिमालय क्लबद्वारा लहरे बालीका बिरुवा वितरण


     एभरेस्ट आवाज    
     फागुन २८ गते २०७७ मा प्रकाशित




पोखरा १६ बाटुलेचौरमा रहेको हिमालय क्लबले कृषिको प्रर्वद्धन गर्ने उदेश्यले लहरे बालीका बिरुवा वितरण गरेको छ ।

क्लबमा आवद्ध आजीवन सदस्यलाई एक कार्यक्रमका विच घिरौंला, काँक्रा लगायतका विभिन्न जातका ८ सय वटा लहरे बालीका बिरुवा वितरण गरेको कार्यक्रम संयोजक पुष्पराज अधिकारीले जानकारी दिए ।

कार्यक्रमको क्लबका मानार्थ सदस्य एवं कृषिविज्ञ बेनी बहादुर बस्नेतले सल्लाहाकार ताराप्रसाद तिमिल्सिनालाई बिरुवा हस्तान्तरण गरी शुभारम्भ गरेका थिए । बस्नेतले कृषि क्षेत्रको प्रर्वद्घन र विकासका लागी हरेक सदस्य कुनै न कुनै कृषि कर्ममा लाग्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रम संयोजक पुष्पराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि संजाल पोखरा १६ का संयोजक सुवासबाबु अधिकारी, क्लवका अध्यक्ष मोहन थापा, सचिव प्रकाश थापा लगायतले क्लवले गरेका गतिविधिको चर्चा गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।