तस्बीरः एजेन्सी
पोखरामा जारी बगर भाइखलक भेट्रान एट ए साइड फुटबल प्रतियोगिताको फाइनल आज हुँदैछ। फाइनलमा
डिफेन्डिङ च्याम्पियन टि वर्गर ललितपुर र मिया सान मिया उपाधिका लागि आमने–सामने हुँदैछन्।
प्रतियोगिता अन्तर्गत दुबै टोलीले शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा आ–आफ्नो खेल जित्दै फाइनलमा स्थान बनाएका हुन्।
पोखराको टुंडिखेल खेलमैदानमा सम्पन्न सेमिफाइनलमा टि बर्गरले नवलपरासी भेट्रानलाई टाइब्रेकरमा २–१ ले र मिया सान मियाले पनि टाइब्रेकरमै मनाङ मस्र्याङ्दी भेट्रानलाई २–० ले हराउँदै फाइनल पक्का गरेका हुन्। प्रतियोगिताको फाइनल खेल आज (शनिबार) १ बजे हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







