गन्थन डटकमका प्रवन्ध निर्देशक कमल सुवेदीको नेतृत्वमा अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको नयाँ समिति गठन गरिएको छ।
संघको शुक्रबार सम्पन्न साधारणसभा तथा प्रथम अधिवेशनबाट सुवेदी अध्यक्षमा निर्विरोध चयन भएका हुन्।
यस्तै संघको उपाध्यक्षमा सरिता तिमिल्सिना, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा अनिता घिमिरे चयन भएका छन्। त्यस्तै, सदस्यहरुमा सुरज थापा, शिव न्यौपाने, जैनव खातुन, राजु गिरी तथा अर्जुन थापा छन्।
अध्यक्षमा चयन भइसकेपछि बोल्दै अध्यक्ष सुवेदीले आफ्नो नेतृत्वको टिमले अनलाइनलाई व्यवस्थित बनाउनेतर्फ ध्यान दिने प्रतिबद्धता जनाएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







