
तस्बीरः एजेन्सी
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (शनिबार) बस्दैछ।
अहिले ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्न लागेको हो।
बैंठकमा पछिल्लो राजनीति घटनाक्रम र भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिने माओवादी केन्द्र स्रोतले जनाएको छ।
आजको स्थायी कमिटी बैठकले माओवादी केन्द्रमा नफर्किएका नेता कार्यकर्ताबारे आवश्यक निर्णय लिने बताइएको छ।
माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी अहिले केपी ओलीको सरकारमा मन्त्रीहरु छन् । उनीहरू माओवादी केन्द्रमा नफर्कने लगभग टुंगो लागिसकेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।