पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले स्याङ्जाको शाखा विस्तार गरेको छ । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युआरएलले शनिबारबाट वालिङमा सेवा शुरु गरेको हो ।
वालिङ, गल्याङ, भीरकोट, चापाकोट नगरपालिका, कालिगण्डकी गाउँपालिका आसपासका सेवाग्राहीलाई सेवा दिन शाखा स्थापना गरी सेवा सुरु गरिएको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । युआरएलको शाखा वालिड नगरपालिका वडा नं. ८ तल्लो वालिङमा छ ।
प्रा.लिले आफ्नो अर्को शाखा पोखराकै हस्पिटलचोकमा पनि शाखा खोल्ने युआरएलको तयारी गरेको छ । आगामी वैशाख पहिलो साता हस्पिटलचोक शाखाले सेवा दिने अध्यक्ष पन्तले बताए । उनले भने, ‘सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अघि बढेको युआरएल गण्डकी प्रदशका मुख्य बजारमा शाखा स्थापना गरी सबैलाई गुणस्तरीय सेवा दिन प्रतिवद्ध छ ।
शाखा सुरुआतको अवसरमा रक्त परीक्षणमा विशेष छुटको समेत व्यवस्था रहेको सिइओ भूपेन्द्रराज पाण्डेयले बताए । मेडिकल बायोकेमिस्ट, टेक्नोलोजिस्ट, टेक्निसियन गरी ५ जना यहाँ कार्यरत छन ।
पूर्ण स्वचालित फुल्ली अटोमेटिक एनालाइजर मेसिनबाट रक्त परीक्षण गरी तुरुन्तै रिपोर्ट दिइने जनाइएको छ । २०७० सेवा सुरु गरेको युआरएलका प्रधान कार्याल पोखरासहित तनहुँको दमौली, दुलेगौंडा र लमजुङको बेशीसहरमा शाखा सञ्चालन भइसकेका छन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







