पोखरामा विद्युत सर्ट हुँदा हार्डवयरमा आगलागी


     एभरेस्ट आवाज    
     फागुन २९ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । पोखराको लेकसाइडको एक हार्डवयर स्टोर्समा लागलागी भएको छ । पोखरा–६ स्थित नुलथोकका मुक्ती पहारीको ढुङ्गो माटोले बनेको हार्डवयर स्टोर्समा विद्युत सर्ट हुँदा भएको आगलागीमा क्षति भएको हो ।

आगलागी भएको खवर पाउनसाथ प्रहरी, दमकल र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट हार्डवयरको सामान, टिभी, पलङ खाट, पाँच तोला चाँदी, आधा तोला सुन, लत्ता कपडा पूर्ण क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।