नेवा: जागरण मञ्च कास्कीमा राजेन्द्रमान श्रेष्ठ चयन भएका छन्।
नेवाः खल कास्कीमा आवद्ध मञ्चको शनिबार सम्पन्न अधिवेशन तथा साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
मञ्चको वरिष्ठ उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, उपाध्यक्ष देवकुमार श्रेष्ठ, सचिव सन्तोष श्रेष्ठ, कोषाध्यष कल्पना श्रेष्ठ, सह–सचिव लक्ष्मण श्रेष्ठ छन्। त्यस्तै, सदस्यहरुमा नन्बहादुर श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, विद्या श्रेष्ठ, मिना श्रेष्ठ र बाबुकाजी श्रेष्ठ छन्।
प्रमुख अतिथि नेवाः खलः कास्कीका अध्यष अशोक पालिखेले नेवारी समुदायभित्र राजनीतिक रंग दिन नहुने कुरामा जोड दिए। उनले कुर्चीका लागि नेवारहरुले नेवारहरुलाई फुटाएको आरोप लगाए। उनले नेवाः खलः कास्कीभत्र ४४ कचाः खलः र ४ आवद्ध संस्था रहेको उल्लेख गरे।
पूर्वअध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजेन्द्रमान श्रेष्ठले स्वागत, संस्थाका सल्लाहकार उदयबहादुर अमात्यले स्वागतगान र सचिव कृष्णकुमार श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







