पोखरा–२४, श्री कालिका माविका शिक्षक विष्णुहरि त्रिपाठी नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगर समितिको अध्यक्षमा निर्वाचित भएका छन्।
समितिको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनले समितिको नेतृत्वमा त्रिपाठीलाई चयन गरेको हो।
समितिको उपाध्यक्ष महिलातर्फ देवी केसी (तालवाराही मावि, पोखरा–६), उपाध्यक्ष खुल्लातर्फ विजय शर्मा (भाारतीभवन मावि, पोखरा–१९), सचिव यामनारायण लामिछाने (सिद्ध मावि, पोखरा–१५), कोषाध्यक्ष सकुन्तला सोती (श्रीकृष्ण मावि, पोखरा–७), सह–सचिव सरिता ढकाल (अमरज्योति गाउँफर्क मावि, पोखरा–२६), सह–कोषाध्यक्ष भगवती अर्याल (अमरसिद्ध नमुना मावि, पोखरा–३१) छन्।
त्यसैगरी, सदस्यहरुमा हरिभक्त घिमिरे (विन्दवासिनी मावि, पोखरा–२), दुर्गा गिरी (वाराही मावि, पोखरा–५), रामेश्वर सुवेदी (तालवाराही मावि, पोखरा–६), सुनिल खड्का (श्रीकृष्ण मावि, पोखरा–७), लक्ष्मी तिमिल्सिना (कालिका मावि, पोखरा–११), लक्ष्मण सुवेदी (अमरसिंह मावि, पोखरा–१२), गिरीधारी तिमिल्सिना (आर्वा विजया मावि, पोखरा –१३), डिलकुमारी पौडेल (सिद्ध मावि, पोखरा–१५), खेमराज पौडेल (विन्दवासिनी मावि, पोखरा–१६), अर्जुन कडेल (जानकी मावि, पोखरा–१७), शिवकुमार लामिछाने (शान्त मावि, पोखरा–१८), मिनराज ढुंगाना (भारतीभवन मावि, पोखरा–१९), राधा पौडेल (महेन्द्र मावि, पोखरा–२०), ख्यामप्रसाद सुवेदी, (शुक्रराज मावि, पोखरा–२२), लेखबहादुर क्षेत्री (जनसिद्ध मावि, पोखरा–२३), टंकप्रसाद सुवेदी (विजय आवासीय मावि, पोखरा–२४), लक्ष्मी सुवेदी वास्तोला (विष्णु पादुका मावि, पोखरा–२५), सन्तोष सुवेदी (लक्ष्मीआदर्श मावि, पोखरा–२७), टेकबहादुर भुजेल (लेखनाथ आवासीय मावि, पोखरा–२८),
त्यसैगरि, विकल न्यौपाने (जनप्रकाश मावि, पोखरा–२९), रमेश सुवेदी (अमरसिद्ध नमुना मावि, पोखरा–३१), कृष्णप्रसाद पौडेल (ब्रह्मरूपा मावि, पोखरा–३२), इन्दीरा अधिकारी (ब्रह्मरूपा मावि, पोखरा–३२), टेकमाया आचार्य (हिमालय आवासीय मावि, पोखरा–२५), सिताकुमारी काफ्ले, (अकला आवि पोखरा–१९), सुशिला भट्टराई (तालवाराही मावि, पोखरा–६), राधा रानाभाट (श्रीराम आवासीय मावि पोखरा–८), कौशिल्या कार्की (भारती भवन मावि, पोखरा–१९), अनिता सुवेदी (सिर्जना आवासीय मावि, पोखरा–१८), पार्वती लामिछाने पौडेल (देवी आवासीय मावि, पोखरा–२०), निर्मला गिरी (सदाशिब आवासीय मावि, पोखरा–२४) र रेखा केसी (छोरेपाटन मावि, पोखरा–१७) छन्।
प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा संघीय सांसाद खगराज अधिकारीले आउने वजेटमा बाल शिक्षाका शिक्षकहरु तथा कर्मचारीहरुको सुविधा वृद्धि गर्न सरकार प्रतिबद्ध रहेको जनाए।
पूर्व अध्यक्ष तथा नेकपा एमाले पोखरा महानगर समितिका अध्यक्ष दीपक पौडेल, गण्डकी पदेश अध्यक्ष राम प्रसाद पोखरेल, पेशागत महासंघ गण्डकीका संयोजक राम प्रसाद खनाल, जिल्ला अध्यक्ष रोमहर्षण पौडेल, शिक्षक हित साकोसका अध्यक्ष उमनाथ गौतम, रूपा गाउँपालिकाका अध्यक्ष चुमानसिं गुरूङ समेतले बोलेका थिए।
महिला विभागको संयोजनमा भएको तिजगित प्रतियोगितामा निर्णायकको भुमिकामा सहयोग गरेकोमा ज्ञानेश्वर सुवेदी, लोचना अधिकारी तथा गौरीशरा गुरुङ तथा उत्कृष्ठ कार्य सम्पादन गरेको भन्दै सूचना प्रविधि विभागकी प्रमुख सकुन्तला सोतीलाई सम्मान गरिएको थियो ।
महानगर समितिका अध्यक्ष विष्णुहरि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देवी केसीले स्वागत र सचिव झलक पौडेलले सञ्चालन गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






