नेपाल पत्रकार महासंघ युरोप शाखाको अासन्न निर्वाचनका लागि अध्यक्ष पदमा पत्रकार महेश कुमार खातिले उम्मेदवारी घोषणा गरेका छन् । अाफु अध्यक्षमा उठ्न लागेको घोषणा अाफ्नो फेसबुक मार्फत शुक्रवार सार्वजनिक गरेका हुन् । ‘पत्रकारिता आफैमा परिवर्तनको संवाहक हो र पत्रकारिताले परिवर्तनको आवाज उठाउँछ । अवकाे नया कार्यसमितिमा म अध्यक्षमा उठ्छु ।’ खातिले लेखेका छन् ।
हाल महासघकाे सचिव समेत रहेका खातिले युराेपमा नेपाली पत्रकारिताकाे श्रीवृद्दि गर्न अाफु लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सबै अग्रज र समकालीन साथीहरु सबै मिलेर अघि बढ्न र युरोपमा कार्यरत पत्रकारलाई गोलबन्द बनाई संस्थागत हितलाई प्रबन्धन गरि अगाडी बढाउन प्रयत्न गर्ने जनाएका छन् ।
निर्वाचनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समित केन्द्रीय प्रतिनिधि चिरन शर्मा, निर्वाचन समितिका संयोजक राजेश चाम्लिङ राई र सदस्यहरु, प्रर्यवेक्षक नरेश खपांगी मगरलाइ जिम्मेवारी दिइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







