सांकेतिक तस्बीर
आज (सोमबार) मार्च महिनाको १५ तारिख अर्थात विश्व उपभोक्ता अधिकार दिवस।
आजको दिनलाई उपभोक्ता अधिकार संरक्षणमा पैरवी गर्ने दिनका रुपमा लिने गरिन्छ।
आजको विश्व बजारमा उपभोक्ताहरू ठगिन सक्ने र अखाद्य वस्तु मारमा पर्न सक्ने हुनाले आजको दिन यस्ता विषयमा छलफल गर्दै एउटा ‘फेयर ट्रेड’ अर्थात् स्वच्छ–स्वस्थ र पारदर्शी व्यवसायको पैरवी गरिन्छ।
सन् १९६२ को आजकै दिन, अर्थात् मार्च १५ तारिखमा तत्कालीन अमेरिकन राष्ट्रपति जोन अफ केनेडीले अमेरिकी कँग्रेसमा एउटा विशेष सन्देश पठाएका थिए।
उक्त सन्देशमा ‘उपभोक्ता अधिकार संरक्षण’का पैरवीका विषय थिए। त्यसै दिनको सम्झनामा हरेक वर्षको मार्च १५ तारिखमा उपभोक्ता अधिकार दिवस मनाइने गरिन्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







