तस्बीरः एजेन्सी
पोखरेली भारोत्तोलन खेलाडीहरु सरस्वती गुरुङ र सनिता लामाले सप्तरीको राजविराजमा सम्पन्न देवनारायण स्मृती भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जितेका छन्।
आइतबार भएको फाइनल चरणमा पोखराकी सरस्वतीले जुनियर क्याटोगरी महिलातर्फ ७६ केजी तौल समुहमा स्वर्ण पदक जितेकी हुन्।
त्यस्तै, जुनियर महिलातर्फ नै ६२ केजी तौलमा सनिता लामाले स्वर्ण पदक जितेको कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन वडगामीले पोखरा स्पोर्ट्सलाई जानकारी दिए।
३ स्वर्ण पदक जित्ने लक्ष्यका साथ राजविराज पुगेको कास्कीको भारोत्तोलन टोलीले उत्कृष्ट पदर्शन गर्दै ४९ केजी तौल समुह युथतर्फ शुष्मा काफ्लेले रजत पदक जितिन् भने सोही तौलको जुनियर प्रतिस्पर्धामा काँस्य पदक हात पारेकी छन्।
त्यस्तै, ४५ केजी तौल समुहमा अनिषा गुरुङले काँस्य पदक जित्न सफल भएकी छन्। प्रतियोगिता यही फागुन २९ गतेबाट संचालन भएको प्रतिस्पर्धामा कास्कीबाट ५ महिला र १ पुरुष गरी ६ जनाको खेलाडीको सहभागिता थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







