राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा बागलुङ पहिलो


     एभरेस्ट आवाज    
     चैत्र ३ गते २०७७ मा प्रकाशित




तस्बीरः एजेन्सी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले आयोजना गरेको लोकदोहोरी प्रतियोगितामा बागलुङ विजयी भएको छ।

बागलुङको सुमन खड्का र शर्मिला बिसीको समूहले स्याङजाका प्रकाश पराजुली र सपना रोकाको टिमलाई हराएको हो।

उपाधिसँगै बागलुङले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार हात पारेको छ। उपविजेता बनेको स्याङजाले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कारमा चित्त बुझायो। प्रतियोगितामा प्रतिष्ठान लमजुङ तेस्रो बन्दै ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पायो । ११ हजार १ सय ११ रुपैयाँसहित तनहुँले सान्त्वना पुरस्कारमा चित्त बुझायो। गण्डकी प्रदेशका ९ जिल्लाको प्रतियोगितामा सहभागिता थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।