तनहुँ प्रहरीले ६ जना फरार प्रतिवादी पक्राउ गरेको छ।
विभिन्न कसूरमा अदालतबाट दोषी ठहर भई फरार रहेकालाई तनहुँ प्रहरीले पक्राउ गरेको हो।
बहुविवाह र अंश मुद्दाका दुई/दुई जना, बेइज्जती मुद्दा र चोरी मुद्दाका एक/एक जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी गराए।
पक्राउ गरिएका प्रतिवादीबाट सात दिन कैद र १५ हजार ३ सय ८६ रुपैयाँ भुक्तान गर्न बाँकी रहेकाले उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
तनहुँ प्रहरीमा प्रहरी उपरीक्षक अरुण पौडेल आएपछि उनको नजर फरार प्रतिवादी पक्राउमा परेको छ। प्रहरीले चालू आर्थिक वर्षमा ३ सय ६६ फरार प्रतिवादी पक्राउ गरिसकेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







