शान्ति पत्रकारिता पुरस्कारबाट हिमनिधी लौडारी पुरस्कृत


     एभरेस्ट आवाज    
     चैत्र ३ गते २०७७ मा प्रकाशित




पोखरा । नेपाल प्रेस यूनियन कास्कीले सञ्चालन गरेको पूर्ण प्रसाद मायादेवी शान्ति पत्रकारिता पुरस्कारबाट हिमनिधी लौडारी पुरस्कृत भएका छन् ।

नेपाल प्रेस यूनियन कास्कीको आयोजनामा मंगलबार एक कार्यक्रमका विच लौडारीलाई नगद सहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

पत्रकार लौडारीलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्मान गरे ।

पूर्णप्रसाद मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशी नगद २५ हजार पाँच सय ५५, दोसल्ला र सम्मानपत्र रहेको छ ।

लामो समयदेखि पत्रकारिताको माध्यमबाट शान्ति र मानव कल्याणको क्षेत्रमा सक्रिय रहि समाज परिवर्तनमा निर्वाह गरेको योगदानको कदर गर्दै लौडारीलाई सम्मान गर्ने निर्णय प्रतिभा छनोट समितिले गरेको थियो । नेपाल प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा गठित छनोट समिति गठन भएको थियो ।

यसअघि सो पुरस्कारबाट पोखराका पत्रकार राजबहादुर गुरुङ सम्मानित भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।