साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पोखरामा शाखा बिस्तार गरेको छ । बुटवलको कालिका नगरमा मुख्य कार्यालय रहेको साइन रेसुङ्गाले पोखराको न्यूरोडमा आफ्नो शाखा बिस्तार गरेको हो । पोखरामा शाखा बिस्तारसँगै साइन रेसुङ्गाको देशभर ७७ वटा शाखा पुगेको छ । गण्डकी प्रदेशमा भने साइन रेसुङ्गाको दोश्रो शाखा हो । यसअघी गण्डकी प्रदेश अन्तर्गत बागलुङको बुर्तिवाङमा यसले शाखा बिस्तार गरिसकेको छ ।
पोखरा शाखाको मंगलबार उद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक ईश्वरीप्रसाद भट्टराईले शाखाको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै निर्देशक भट्टराईले प्राथमिकता प्राप्त क्षेत्रमा बैंकको लगानी केन्द्रीत गर्न आग्रह गरे । साथै उनले सेवाग्राहीको गुनासो नआउनेगरी काम गर्नपनि सुझाव दिए ।
साइन रेसुङ्गा बैंकको कुल चुक्ता ४ अर्ब रहेको जनाइएको छ । बैंकले हालसम्म ३३ अर्ब ५० करोड बचत संकलन र ३० अर्ब ५० करोड ऋण लगानी गरिसकेको बैंकका पोखरा शाखा प्रमुख प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार हालसम्म ४ लाख ५० हजारले खाता खोलेका छन् ।
बैंकले चाँडै नै पोखरामा थप ३ शाखा बिस्तार गर्ने योजना बनाएको बैंकका पोखरा शाखा उप–प्रमुख प्रकाश गुरुङले जानकारी दिए । ‘कहाँ कहाँ शाखा बिस्तार गर्ने भन्ने योजना बनाउँदैछौं, सायद पोखरामा चाँडै थप ३ वटा शाखा खोल्छौं’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







