सांकेतिक तस्विर
सिन्धुली । सिन्धुलीमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्लथल मै मृत्यु भएको छ ।
कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
सिन्धुली सदरमुकाम सिन्धुलीबाट बासकटेरीतर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर दुर्घटना भएको हो । जिपमा ११ जना सवार रहेकोमा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
७ जना घाइतेमा ४ जना काठमाडौं रिफर गरिएको र ३ जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले न्यौपानेले बताए । घाइतेमध्य जिप चालक सहित दुईको अवस्था गम्भीर छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरामा विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन सुरु भएको…






