फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


     एभरेस्ट आवाज    
     चैत्र ३ गते २०७७ मा प्रकाशित




पोखरा । नेपाल आयल निगमले मंगलबार मध्यरातबाट लागू हुने गरि पेट्रोलियम पदाथएको मूल्य फेरि बढाएको छ ।

निगमले मंगलबार विज्ञप्ती जारी गर्दै । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर २–२ रुपैयाँ बृद्धि गरेको जनाएको छ । ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको विज्ञप्तीमा जनाइएको छ ।

यससँगै, अब पेट्रोल प्रति लिटर ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ ।

यस अघिपनि निगमले अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ बढाएको थियो ।

यसअघि निगमले फागुन १७ मा मूल्य समायोजन गरेको थियोे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।