पञ्चमुनिदेवले शुक्लागण्डकीको राष्ट्रपति रनिङ शिल्ड जित्यो


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०७७ मा प्रकाशित




तस्बीरः एजेन्सी

पञ्चमुनिदेव माविले तनहुँको शुक्लागण्डकी नगरपालिकामा संचालित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेको छ।

कुल २८ इभेन्टमा गराइएको प्रतिस्पर्धामा पञ्चमुनिदेवले १० स्वर्ण, ३ रजत र ७ काँस्य पदक जित्दै च्याम्पियन बनेको हो।

प्रतियोगितामा हंशबाहिनीले ५ स्वर्ण, ५ रजत र ४ काँस्य पदक जित्दै दोस्रो र गाउँफर्कोदय माविले ३ स्वर्ण, ५ रजत र ३ काँस्य पदक जित्दै तेस्रो बन्यो।

त्यस्तै, तालवेंशी माविले २ स्वर्ण, ५ रजत र ३ कास्यपदक जित्दै चौथो र अरनिको माविले २ स्वर्ण र ४ रजत पदक जित्दै पाँचौ स्थानमा स्थान बनायो। प्रतियोगिताका विजेताहरुलाई आगामी आइतबार विहान पुरस्कार वितरण गरिने सुचना अधिकारी रोशन हमालले जानकारी दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।