वक्सिङकी सुस्मा युथ वल्र्ड च्याम्पियनसीपमा छनोट


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०७७ मा प्रकाशित




Photo: Agency

काठमाण्डौं नक्सालकी सुस्मा तामाङ आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसीपका लागि ४८ केजी तौल समूहमा छनोट भएकी छन्।

सुस्माले आफ्नी प्रतिद्धन्दी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथि अंकका आधारमा ३–२ ले जित्दै युथ वल्र्ड च्याम्पियनसीपका लागि छनोट भएकी हुन ।

च्याम्पियन बनेसँगै सुस्माले पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म संचालन हुने आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्न पाउने भएकी छन्।

त्यसैगरि, ६० केजी तौल समूहमा बक्समाण्डौंकी डेचेन शेर्पा फाइनलमा प्रबेश गरेकी छन्। उनले झापाकी सुस्मिता राईलाई अंकका आधारमा ५–० को स्कोरमा हराइन्। उनले बुधवार हुने फाईनल खेलमा आरडीएस क्लबकी सुमिना खड्काको चुनौतीको सामना गर्नेछिन्। खड्का ६० केजी तौल समूहमा वाई पाएर फाइनल प्रवेश गरेकी थिइन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।